शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाउदको बलिउडसँग गहिरो सम्बन्ध, हमलामा बाँचेका थिए ऋतिक रोशनका पिता

आइतबार, २५ जेठ २०७७, ११ : ३४
आइतबार, २५ जेठ २०७७

भारतीय सञ्चार मिडियामा दाउद इब्राहिमको कोरोनाका कारण मृत्यु भएको विभिन्न अडकलबाजी सहितका समाचार प्रकाशित छन् । यसै सन्दर्भमा दाउदको बलिउडसँगको कनेक्सनबारे कुरा गर्दैछौं ।

दिलिप कुमारको बहिनीको विवाहः

आफ्नो जमानाका चर्चित अभिनेता दिलिप कुमारकी एक बहिनीको विवाह राशिद अरबासँग भएको थियो । राशिद वान्टेड अपराधी र दाउद इब्राहिमका मेन्टरसमेत भएको बताइन्छ ।

सञ्जय दत्तको स्विकारोक्तिः

सञ्जय दत्तले मुम्बई पुलिसको सामुन्ने नायक फिरोज खानसँग उनको भेट दाउदमार्फत् नै भएको स्विकारेका थिए ।

राम नाइकले लगाए आरोपः

उत्तर प्रदेशका पूर्व गभर्नर राम नाईकले सन् २००४ को चुनावमा उनलाई हराउनका लागि नायक गोबिन्दाले दाउद इब्राहिमको मद्दत पाएका थिए ।

दाउदका भाइले गरे प्रयासः

दाउदका भाइ नूरा कसकरले फिल्म ‘श्रीमान आशिक’ मा गीतकारको रुपमा अघि बढ्न प्रयास गरेका थिए । उनी फिल्ममा आफ्नो करियर बनाउन चाहन्थे तर अनुसन्धानका कारण यस्तो हुन सकेन ।

मन्दाकिनीसँग जोडियो नामः

एउटा समय यस्तो थियो जब नायिका मन्दाकिनी र दाउदको प्रेम सम्बन्धको खबर निकै चर्चामा थियो । नायिकाको करियरमा दाउदले निकै सहयोग गरेको बताइन्छ ।

सञ्जय दत्तको घरमा बन्दुकः

सञ्जय दत्त सन् १९९४ मा जेल जानु परेको थियो । यसको सम्बन्ध सन् १९९३ को मुम्बई हमलासँग जोडिएको थियो । दाउदका करिबी अबु सलेम सञ्जय दत्तको घरमा गएर उनको घरमा बन्दुक लुकाएको बताइयो ।

आम्दानी बाँड्न पाउँथे धम्कीः

मुकेश भट्ट, बोनी कपुर, राकेश रोशनजस्ता फिल्मनिर्माताले प्रोफिट शेयर गर्नका लागि आफूले धम्कीपूर्ण फोन पाउने गरेको स्विकार गरे । यतिमात्रै होइन, यस्तो नगर्दा गम्भीर परिणाम भोग्नुपर्ने धम्की पनि दिइन्थ्यो । राकेश रोशनको जनवरी सन् २००१ मा मुम्बई अफिस बाहिर हत्याको कोसिससमेत भएको थियो जसमा उनी केही गरी बाँच्न सफल भए । फिल्म ‘कहो ना प्यार हे’ को ओभरसिज राइट्सलाई भारतको सबैभन्दा ठूलो आपराधिक संगठनलाई बेच्न अस्विकार गरेका थिए ।

ऋतिक रोशनलाई प्रहरी संरक्षणः

त्यसपछि राकेश रोशनका छोरा ऋतिक रोशनको हत्या गरिदिने धम्की पाउन थाले जसका कारण उनलाई प्रहरीको संरक्षण प्रदान गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप