बैतडी : सुत्केरी महिलाको कोरोना रिपोर्ट नेगेटिभ, क्वारेन्टिनमा बसेका स्वास्थ्यकर्मी काममा फर्किए
डीआर भट्ट
जिल्ला अस्पताल बैतडीमा सुत्केरी भएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढी प्रयोगशाला गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्त राज जोशीले जानकारी दिए ।
गत जेठ २० गते जिल्ला अस्पतालमा सुत्केरी भएकी महिलामा कोरोनाका सम्भावित लक्षण देखापरेपछि कोरोना आशंकामा थ्रोट स्वाब संकलन गरेर धनगढी प्रयोगशाला पठाइएकोमा परीक्षण गर्दा उनमा कोरोना नदेखिएको उनले बताएका हुन् ।
दोगडाकेदार गाउँपालिका–६ सित्तड घर भएकी सुत्केरी महिलामा संकास्पपद लक्षण देखापरेपपछि थ्रोट स्वाब संकलन गरेर जेठ २२ गत परीक्षणका लागि धनगढी पठाइएको थियो ।
सुत्केरी महिलाको कोरोना रिपोट नेगेटिभ आएसँगै सेल्फ क्वारेन्टाइनमा बसेका सबैजना स्वास्थ्यकर्मी नियमिति काममा फर्केका छन् । सुत्केरी महिलाको कोरोना रिपोट नेगेटिभ आएसँगै सेल्फ क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मी काममा फर्केका जिल्ला अस्पतालका डा. जोशीले बताए ।
सुत्केरी महिलामा कोरोनाको शंकास्पद लक्षण देखिएपछि उपचारमा संलग्न १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा बसेकाका भएपनि अहिले सबैजना नियमितकाममा फर्किएका उनले बताए ।
यहि जेठ २० गते सुत्केरी महिलामा आरडीटी परीक्षणमा भने पोजिटिभ देखिएपछि अस्पताल प्रमुख डाक्टर सहित ३ जना डक्टर, १० जना नर्स, ३ जना ल्याव असिस्टेन्ट र ३ जना कार्यालय सहयोगी गरी १९ जना सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला