शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा : नेतृत्वको विषयमा देखिएको विवाद मिलाउने जिम्मेवारी ३ नेतालाई दिइयो

आइतबार, २५ जेठ २०७७, ०८ : ५९
आइतबार, २५ जेठ २०७७

काठमाडौं–जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र नेतृत्वको विषयमा देखिएको विवाद मिलाउने जिम्मेवारी तीन नेतालाई दिइएको छ ।

 शनिबार तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको छलफलले सहमति जुटाउनका लागि नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई जिम्मेवारी दिएको हो । 

तत्कालीन राजपा नेपालको पार्टी कार्यालयमा बसेको दुई पक्षीय छलफलमा दुवै पक्ष आआफ्नो अडानमा अडिग रहेपछि सहमति जुटाउने जिम्मेवारी  ठाकुर, यादव र भट्टराईलाई दिइएको एक नेताले बताए । 

‘सबैले आ–आफ्नो प्रस्ताव राख्नु भएको छ,  ती प्रस्तावको बारेमा छलफल गरी तीन नेताले टुंगो लगाउनुहुन्छ’ बैठकमा सहभागी ती नेताले बताए । 

आइतबार तीन नेताबीच छलफल भएर निष्कर्ष निस्कने विश्वास लिइएको छ ।  तीन नेताबीचको छलफलमा सहमाति जुटेपछि फेरि सामूहिक बैठक बसेर अन्तिम रुपमा दिने बताइएको छ । 

जनता समावादी पार्टी नेपालमा नेतृत्वमा पार्टी दर्ता गर्ने भन्ने विषयमाविवाद रहेको छ । त्यसका लागि केही दिनदेखि घनिभूत छलफल भइरहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप