आइतबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार आइतबार नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।
यसैगरी, हाल देशको प्रदेश ५, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहेको छ भने प्रदेश २ तथा प्रदेश १ र सुदुर पश्चिम प्रदेशको तराई भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
साथै गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का बर्षा भइरहेको छ।
महाशाखाले जारी गरेको पूर्वानुमानमा आइतबार दिउँसो देशका धरैजसो स्थानमा सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राति वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुइ स्थानमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
-
धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने
-
उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रवाहमा अलग गर्न आयोगको सुझाव
-
शिक्षकहरू आन्दोलन गर्न काठमाडौँ आउनु दलहरूका लागि लज्जाको विषय : गगन थापा (भिडियोसहित)
-
पक्राउ पर्ने र अनुसन्धानको क्रम जारी छ : गृहमन्त्री लेखक
-
पाँच सार्वजनिक संस्थानको सम्पति सरकारको नाममा ल्याउन उच्च स्तरीय आर्थिक सुधार आयोगको सुझाव