शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ट्रम्प पथ’मा ब्राजिलका राष्ट्रपति : डब्लूएचओबाट बाहिरिने चेतावनी

आइतबार, २५ जेठ २०७७, ०७ : ०८
आइतबार, २५ जेठ २०७७

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको संक्रमणको गति रोक्नुभन्दा अघि लकडाउनलाई नखोल्न सरकारहरुलाई चेतावनी दिएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले संगठनबाट बाहिरिने चेतावनी दिएका छन् ।

‘अमेरिकाले डब्लूएचओ छाडेको बारेमा हामी अध्ययन गर्दै छौँ । र, भविष्यमा डब्लूएचओले सैद्धान्तिक पक्षपात बिना काम गर्नुपर्छ नत्र हामी पनि बाहिरिने छौँ,’ शुक्रबार राष्ट्रपति कार्यालयबाहिर पत्रकारहरुसँगको कुराकानीमा बोल्सोनारोले भने ।

बोल्सोनारोका सैद्धान्तिक मित्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै संगठनसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका थिए ।

यता, बोल्सोनारोले पनि अमेरिकी राष्ट्रपतिकै तरिकाले कोरोनाभाइरसको संक्रमणसँग जुधिरहेका छन् । उनले भाइरसको चुनौतिलाई बेवास्ता गर्दै होम क्वारेन्टिनको उपायको आलोचना गर्दै आएका छन् भने हाइड्रोक्लोरोक्वीन औषधीको खुलेर तारिफ गर्ने गरेका छन् ।

उनले डब्लूएचओलाई चेतावनी दिइरहँदा ब्राजिलमा भाइरसबाट मृत्यु हुनेको संख्या भने ३५ हजार नाघेको छ । मृत्तकको मामिलामा ब्राजिल अमेरिका र बेलायतपछि तेस्रो स्थानमा रहेको छ ।

देशमा संक्रमितको संख्य ६ लाख नाघेको छ भने पछिल्लो २४ घण्टामा मात्र १ हजार ४३७ जनाले ज्यान गुमाएका छन् ।

स्रोत : अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप