बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस अपडेटः स्पेन र इटालीलाई पछि छाड्दै भारत पाँचौ स्थानमा

आइतबार, २५ जेठ २०७७, ०६ : ४८
आइतबार, २५ जेठ २०७७

संक्रमितको संख्यामा भारत विश्वको पाँचौ सबैभन्दा बढी प्रभावित देश बनेको  । भारतले संक्रमणको मामिलामा इटाली र स्पेनलाई पनि पछि छाडेको छ ।

भारत सरकारको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३६ हजार ६५७ जना रहेका छन् । यसमध्ये ६ हजार ६४२ को मृत्यु भएको छ भने १ लाख १२ हजार ७२ जना निको भइसकेका छन् । देशमा १ लाख १५ हजार ९४२ जना सक्रिय संक्रमित रहेका छन् ।

उता, बेलायतमा पनि पछिल्लो २४ घण्टामा २०४ जनाले ज्यान गुमाएका छन् । योसँगै बेलायतमा मर्नेको संख्या ४० हजार ५४८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा बेलायतमा १ हजार ५५७ नयाँ संक्रमित फेला परेका छन् । बेलायतमा हालसम्म २ लाख ८६ हजार २९४ संक्रमित फेला परेका छन् ।

उता, अमेरिका अझै पनि सबैभन्दा धेरै संक्रमित रहेको देश रहेको छ । हालसम्म अमेरिकामा १९ लाखभन्दा बढी संक्रमित फेला परेका छन् । त्यहाँ हालसम्म १ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

स्रोत : बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप