उपत्यकाका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु
आइतबार, २५ जेठ २०७७, ०६ : ०१
काठमाडौं – उपत्यकामा पाँच जनालाई कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ ।
काठमाडौँमा चार र भक्तपुरमा एक गरी उपत्यकामा शनिबार पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँका सङ्क्रमितमध्ये दुई पुरुष र दुई महिला छन् भने भक्तपुरमा एक पुरुषमा कोरोना देखिएको छ ।
काठमाडौँ महानगरपालिकाले सङ्क्रमितको ‘टे«सिङ’ गर्ने कार्य भइरहेको जनाएको छ । एक सातायता काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित देखिएका थिएनन् । शनिबार देखिएका सङ्क्रमित उपत्यका बाहिरबाट नै आएको हुन सक्ने अनुमान महानगरपालिकाको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बस्ने वडा, टोल, व्यक्तिगत सम्पर्कमा आएका व्यक्ति र आफन्तको विवरण लिने कार्य भइरहेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप र जैसवालको उत्कृष्ट प्रदर्शन, मुम्बईमाथि राजस्थानको शानदार जीत
-
कतारका अमिर आज नेपाल आउँदै, नेपालभर सार्वजनिक बिदा
-
आज कुन विदेशी मुद्राको मूल्य कति ?
-
आजको मौसम : मेघगर्जन र चट्याङदेखि हावाहुरीसम्म
-
२० वर्षदेखि छोरा पर्खिरहेका अणनाथ, जसको मुद्दा सरकारले नै खारेज गरिदियो
-
अत्यधिक बढ्यो गर्मी, सतर्कता अपनाउन आग्रह