शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीको क्वारेन्टिनमा बसेका एकको मृत्यु, भारतबाट आजै आएका थिए

शनिबार, २४ जेठ २०७७, २१ : ३४
शनिबार, २४ जेठ २०७७

बैतडी । बैतडीको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका वडा नं ६ कै ३१ बर्षीय पुरुषको शनिबार  मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । 

 एक्कासी साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले बताए । 

 मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

 ज्यान गुमाएका पुरुष  शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आएर क्वारेन्टिनमा बसेका थिए ।  उनीसंगै बेंगलोरबाट अरु १३ जना पनि आज बिहानै पाटन पुगेका बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसीरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप