प्रदेश नं ५ : सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले जिते कोरोना
कोरोना महामारी रोकथामको अग्रभागमा रहेर काम गर्दा सङ्क्रमित भएका बाँकेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले कोरोनालाई जितेर आज घर फर्किएका छन् ।
सङ्क्रमण पुष्टि भएपछि खजुरास्थित कोरोेना विशेष आइलोलेशन अस्पतालमा बसेका उनीहरुको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन् । स्वास्थ्यकर्मी र सञ्चारकर्मी दम्पती हुन् भने सुरक्षाकर्मी नरैनापुरस्थित कालाफाँटा प्रहरी चौकीमा कार्यरत हुन् ।
कोरोना जितेर घर फर्किएका सबैलाई खजुराबाट बिदाइ गरिएको थियो । बाँकेमा अहिलेसम्म ४५ जनाले कोरोनालाई जितेर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । बाँकेमा आज १२ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज थप १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै सङ्क्रमितको सङ्ख्या २६७ पुगेको हो ।
आज गरिएको परीक्षणमा बाँकेका तीन स्थानीय तहका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित नेपालगञ्ज उपमहानगरपालिका– १ का ४१ वर्षीया महिला, बैजनाथ गाउँपालिका– ६ का ३८ र ३२ वर्षीय पुरुष तथा वैजनाथ गाउँपालिका– २ का ३७ वर्षीय पुरुष, खजुरा गाउँपालिका वडा नं ४ का एक महिलासहित तीनदेखि ३८ वर्ष उमेर समूहका सात जना र वडा नं ५ का २२ वर्षीय पुरुष रहेको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।
गत वैशाख १९ गते पहिलो पटक बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएको थियो । नेपालगञ्जबाट शुरु भएको सङ्क्रमणका क्रममा नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा, वैजनाथ हुँदै जानकी गाउँपालिकासम्म पुगेको छ । जानकी गाउँपालिकामा ४०, नेपालगञ्ज उपमहानगरपालिकामा ३४, राप्तीसोनारी गाउँपालिकामा २६, डुडुवा गाउँपालिकामा २५, खजुरा गाउँपालिकामा १३ जना र वैजनाथ गाउँपालिकामा ११ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
गाउँपालिका अध्यक्षले जिते कोरोना
तम्घास : गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोनालाई परास्त गरेर आज घर फर्किएका छन् । यही जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको उनमा गरिएको परीक्षण रिपोर्टमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको थियो ।
जेठ ८ गते स्वाब सङ्कलन गरी पठाएकामा चार दिनपछि आएको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उच्च आत्मबल राखे कोरोनालाई सहजै जित्न सकिने अध्यक्ष पोखरेलले बताए ।
गुल्मीमा पहिलोपटक मदाने गाउँपालिकामा जेठ ५ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसपछि धुर्कोट गाउँपालिकाका सुरक्षाकर्मी, गाउँपालिकाका सवारी चालक र स्थानीय प्रहरीको आरडिटी गरिएको थियो । जसमध्ये एक जना पदाधिकारीको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यसपछि अध्यक्ष पोखरेल र उक्त पदाधिकारीको स्वाब सङ्कलन गरी पठाइएकामा स्वयं अध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
गुल्मीमा १५५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष पोखरेलको सम्पर्कमा आएका सबैको स्वाब जेठ १८ गते सङ्कलन गरी पठाइएको थियो । जसमध्ये धुर्कोट गाउँपालिकाका स्वास्थ्यकर्मी, वडाध्यक्षलगायत गरी कूल ८९ जना रहेका थिए भने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिलगायत गरी ५६ जना रहेका थिए । गुल्मीमा हालसम्म कूल पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई निको भएका छन् । दुई को तम्घासस्थित आइसोलेशनमा उपचार भइरहेको छ भने एकको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !
-
१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो