शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लकडाउनको सदुपयोग : बासबाट बन्छन् यस्ता हस्तकला

शनिबार, २४ जेठ २०७७, १९ : १८
शनिबार, २४ जेठ २०७७

लकडाउनको सदुपयोग गर्दै ओखलढुंगाका एक युवाले आफूजस्तै अन्य युवाहरुलाई हस्तकलाका सामाग्री निमार्ण गर्न सिकाइरहेका छन् ।  जिल्लाको सिद्धिचरण नगरपालिका ११ का विजय राईले आसपासका अन्य १६ जना युवाहरुलाई हस्तकलाको सीप सिकाइरहेका हुन् । 

लामो समयदेखि बास तथा काठबाट बनाइने सजावटका सामाग्रीहरु निमार्ण गर्दै आएका राईले आफ्नै व्यक्तिगत खर्चमा युवाहरुलाई तालिम दिएका हुन् । कोरोना त्रासका करण जारी लकडाउनलाई सदुपयोग गर्दै स्थानीय युवाहरुले सिप सिक्ने इच्छा व्यक्त गरेपछि सिकाउन सुरु गरेको राईको भनाइ छ । 

होटल सञ्चालक समेत रहेका उनी कोरोना कहरका कारण होटल बन्द भएपछि सजावटका समाग्री निमार्णमा व्यस्त छन् । यसअघि जिल्लामा सञ्चालित कोसेली घरबाट त्यस्ता सामाग्रीहरु बिक्री वितरण गरिँदै आएको भएपनि अहिले भने कोसेली घरले राख्ने गरेका छैनन् । 

जिल्लाबाट बाहिर जाने नागरिकहरुले चिनोको रुपमा स्थानीय उत्पादनलाई लैजाने गरेपनि अहिले बिक्री वितरण ठप्प छ । यसलाई मध्यनगर गर्दै स्थानीय हस्तकलालाई प्रोत्साहान गर्न युवाहरुलाई निशुल्क तालिम दिएको उनको भनाइ छ ।

यसबेला फुर्सदको समयको सदुपयोग गर्दै सिप सिकिरहेका मध्ये एकजना नेपाल प्रहरीमा कार्यरत देवन राई पनि रहेका छन् । मिलनचौक बिटमा कार्यरत देवनले डिउटी समयभन्दा बाहेकको समय मिलाएर हस्तकलाको सिप सिक्ने गरेका छन् । 

उनले केही दिनदेखि हस्तकला सिक्दै गरेको सुनाउँदै अहिले बाँसबाट बनाइने फुलदानी, ट्रेलगायतका समाग्रीहरु निमार्ण गर्न जानिसकेको बताए । उनीजस्तै अन्य युवाहरुले पनि बासबाट बनाइने विभिन्न सजावटका सामाग्रीहरु निमार्ण गर्न सिकिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप