केन्द्रीय संस्करण

क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह

person explore access_timeजेठ २४, २०७७ chat_bubble_outline0

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले बाहिरबाट आएका व्यक्तिलाई राख्नका लागि बनाइएका क्वारेन्टिनलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरेको छ । 

    आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति निकालेर क्वारेन्टिन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेकाले आधारभूत मानव अधिकार संरक्षण गर्न व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह गरेका हुन् । झापा, रौतहट, पर्सा, सर्लाही, सप्तरी, कपिलवस्तु, बाँके, दैलेख, कञ्चनपुरलगायत जिल्लाका अधिकांश क्वारेन्टिन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेका विज्ञप्तिमा जनाइएको छ । 

    विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट नेपाल पनि जटिल अवस्थामा रहेको र हालसम्म मृत्यु भएका १३ जनामध्ये नौ जनाको मृत्यु क्वारेन्टिनभित्रै भएको आयोगको विज्ञप्तिमा उल्लेख छ । 
आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टिनमा रहेकाको पिसिआर परीक्षणलाई तीव्रता दिनसमेत आग्रह गरेको छ ।
 यस्तै पत्रकारलाई आवश्यक सूचना उपलब्ध गराउन, पत्रकारमाथिको आक्रमण धम्की र दुव्र्यवहार रोक्न, श्रमजीवी पत्रकारको पारिश्रमिक सुनिश्चित गरी सूचनाको पहुँचलाई सहज बनाउन, पत्रकारको सुरक्षाका सम्बन्धमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तथा कार्यक्रम ल्याउनसमेत आयोगले सरकारसँग आग्रह गरेको छ ।
 
    लकडाउनको अवधिमा अनुगमन तथा समाचार सङ्कलनका क्रममा हिँडेका सञ्चारकर्मीमध्ये २२ पत्रकार गिरफ्तार, आक्रमण, धम्की र दुव्र्यवहारमा परेका विज्ञप्तिमा उल्लेख गरिएको छ । 
पत्रकारलाई सरकारी निकायबाट सूचना प्रदान गर्न इन्कार गर्ने गरिएको, कतिपय श्रमजीवी पत्रकारले पारिश्रमिक प्राप्त गर्न नसकेको, पत्रकारिता पेशाबाटै विस्थापित हुनुपर्ने परिस्थिति रहेको र कतिपय सञ्चारमाध्यम बन्द हुने अवस्थामा रहेका जस्ता कारणबाट नेपालको संविधानबमोजिमको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक, सञ्चारको हक तथा सूचनाको हकबाट वञ्चित हुने देखिएको विज्ञप्तिमा भनिएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.