
प्रदेश नम्बर २ : थप ८३ जनासँगै संक्रमितको संख्या १०६६ पुग्यो

जनकपुर । प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या हजार नाघेको छ ।
शनिबार थप ८३ जनामा कोरोना संक्रमण पोजेटिभ भएसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०६६ पुगेको हो ।
आज सबैभन्दा बढी महोत्तरी जिल्लामा ३५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनुषामा एकजना प्रहरीसहित ८ जनामा संक्रमण देखिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठा स्थित क्वारेन्टिनमा खटिएका एक जना प्रहरीमा कोरोना पुष्टि भएको हो । सं
त्यस्तै सो क्वारेन्टाइनमा खटिएका २ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ ।
यसैगरी महोत्तरीको जलेश्वर स्थित क्वारेन्टिनका १७ जना पुरुष, मटिहानी क्वारेन्टिका ७ जना पुरुष, एकडारा क्वारेन्टिका ६ जना पुरुष, गौशाला नगरपालिका स्थित क्वारेन्टिका २ जना पुरुष तथा सोही क्वारेन्टिका १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सर्लाही जिल्लामा रामनगर गाउँपालिकाका १६ जना, मलंगवा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु १६ देखि ३६ बर्ष उमेर समुहका रहेको जनाइएको छ । त्यस्तै रौतहटको ईशनाथ नगरपालिकामा सञ्चालित क्वारेन्टाइ्नमा ४ जना पुरुष र २ जना महिलामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।
प्रदेश नम्बर २ मा हालसम्म १ सय ५९ जना कोरोना संक्रमित व्यक्तिहरु उपचारपछि निको भई घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ