
एकैदिन कर्णाली प्रदेशमा थपिए ९८ जना कोरोना संक्रमित (विवरणसहित)

काठमाडौं । कर्णाली प्रदेशमा एकैदिन ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन् ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
पुष्टि भएकामध्ये डोल्पाका संक्रमितको भने मृत्यु भएको छ। उनको जेठ २१ गते मृत्यु भएकोमा संकलित स्वाबको नमुना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने संक्रमितको कूल संख्या ५८७ पुगेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ