गुल्मीका जनप्रतिनिधिसहित सबैको रिपोर्ट नेगटिभ
शनिबार, २४ जेठ २०७७, १७ : ०४
गुल्मी । गुल्मीमा पहिलो स्वाब परीक्षणबाट कोरोनो संक्रमित पुष्टि भएका एकजना जनप्रतिनिधिमा दोश्रोपटक स्वाब परीक्षण गराउँदा नतिजा नेगटिभ आएको छ । आईसोलेशनमा रहेका ती जनप्रतिनिधिले पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । नतिजा नेगेटिभ आएलगत्तै उनले खुसी व्यक्त गरे ।
ती जनप्रतिनिधि र जेठ १८ गते स्वाब परीक्षणका लागि पठाइएका १ सय ५२ जना सबैको रिपोर्ट नेगटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए । सदरमुकाम तम्घासबाट ६१ जना र रिडीबाट ९१ जनाको स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशालामा पठाइएको थियो ।
उनीहरु राजनैतिक दलका नेता, पालिका प्रमुख, उपप्रमुख, पत्रकार र सवारी चालक समेत थिए । पछिल्लो रिपोर्टले यहाँका सबै सञ्चारकर्मीहरु पनि कोरोनाबाट सुरक्षित छन भन्ने देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी