नेतृत्वको विषय टुङ्गो लगाउन जसपा नेपालको बैठक जारी
शनिबार, २४ जेठ २०७७, १६ : ५७
काठमाडौं । आइतबार पार्टी दर्ता गराउने गरी नेतृत्वको विषयमा टुङ्गो लगाउन तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच राजधानीमा बैठक बसिरहेको छ । तत्कालीन राजपा नेपालको पार्टी कार्यालय बबरमहलमा बैठक जारी रहेको छ ।
दुई पार्टीबीच एकीकरण घोषणा भएको ६ हप्ताभन्दा बढी समय बित्दासमेत कसको नेतृत्वमा पार्टी दर्ता गराउने भन्ने विषयमा टुङ्गो नलागेपछि दुवै पार्टीको शीर्ष नेतृत्व यो विषयलाई टुंगोमा पुर्याउन गम्भीर छलफलमा जुटेका छन् ।
वैशाख ११ गते निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी गराइएको छ । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता गराउनुपर्ने प्रावधान छ । जसअनुसार आइतबार ४५ दिन पुग्दैछ । आयोगमा आइतबारसम्ममा पार्टी दर्ता गराइसक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने