शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्टन्टम्यान अक्षयकुमारलाई स्टार बनाउने त्यो ‘खिलाडी’

शनिबार, २४ जेठ २०७७, १६ : २६
शनिबार, २४ जेठ २०७७

अक्षयकुमार आज बलिउडकै ठूलो स्टार हुन् । तर कुनै समय यस्तो थियो जतिबेला उनी फिल्ममा केवल स्टन्टम्यान र साइड डान्सरको काम गर्थे । यसपछि अक्षय अभिनित सौगन्ध र दिदार प्रदर्शनमा आए । अनि, आयो ‘खिलाडी’, जसले तेक्वान्दोका ब्ल्याक बेल्ट अक्षयलाई नयाँ उचाइ दियो । 

यस फिल्मको सफलतासँग अक्षयलाई बलिउडका ‘खिलाडी’ समेत भनियो । बिहीबार यो फिल्म प्रदर्शनमा आएको २८ वर्ष पुगेको अवसरमा निर्देशक अब्बास–मस्तानले ट्वीट गरेर अक्षयलाई यसको याद दिलाए । 

अब्बास–मस्तानले यस ट्वीटमा अक्षयसँगको आफ्नो एउटा फोटो पनि राखेका छन् । उनले लेखेकाका छन्, ‘डियर अक्षय आज खिलाडी रिलिज भएको २८ वर्ष पुरा भएको छ । हाम्रो यो पहिलो सहकार्य थियो, पूरै टिमलाई याद गर्छु, विशेषगरी जोनी लिवर भाइलाई ।’

मस्तानको ट्वीटको जवाफ फर्काउदै अक्षयले लेखेका छन् । ‘अब्बास–मस्तान भाई म यसलाई कसरी भुल्न सक्छु । मेरा लागि यो फिल्म थिएन, बरु मेरो करियरको सुरुआती कोशेढुंगा  थियो । यो उपाधि (खिलाडी) जो आज मेरो नामको पर्याय बनेको छ, यसका लागि धन्यवाद ।’

खिलाडी फिल्म शृंखला यति सफल भयो कि यसका ७ वटा सिक्वेल बने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप