शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘रिसिईबीको कारण छोराको अपहरणपछि हत्या गरियो’

शनिबार, २४ जेठ २०७७, १६ : २४
शनिबार, २४ जेठ २०७७

काठमाडौँ । बुधबार साँझदेखि सप्तरीको महादेवा गाउँपालिका–२ अकवरपुरका ४ वर्षीय बालक सुजित यादव हराएको हल्ला गाउँभरी फैलियो । घर नजिकैका गाउँलेहरु मिलेर सुजितलाई खोज्ल थाले । 

राती ९ बजेसम्म सुजित फेला नपरेपछि गाउँलेले स्थानीय प्रहरीलाई खबर गरे । रातभरी सुजितको खोजी गर्दा प्रहरीले पनि भेट्न सकेन । अन्ततः बिहीबार दिउँसो घरबाट २ सय मिटर टाढा रहेको पोखरीमा तैरिरहेको अवस्थामा सुजितको शव फेला पर्यो । 

पोखरीमा तैरिरहेको अवस्थामा मृत फेला परेका सुजितको अपहरणपछि हत्या भएको दावी गर्दै परिवारले घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् । बुधबार राती ८ बजे नजिकैको आफन्तको घरबाट टिभी हेरेर फकिँदै गरेका छोरा (सुजित) बीच बाटोबाटै बेपत्ता भएको आमा रन्जनाको दावी छ । 

बुधबार साझदेखि हराइरहेका बालक सुजित पोखरीमा मृत अवस्थामा फेला परेपछि बुबा सुर्य नारायणले पुरानो रिसिईबीकै कारण गाउँकै एक पक्षले अपहरण गरि छोराको हत्या गरेको आरोप लगाएका छन् । 

उनले भने, ‘गत वैशाख २ गते गाउँकै एकपक्ष सँग हाम्रो परिवारको झगडा परेको थियो । सोही रिसिईबीले यस्तो घटना घटाइएको हो । घटनाको निष्पक्ष छानबिन हुनुपर्छ ।’

आमा रन्जनाले पनि पुरानो विवादकै कारण गाउँका एकपक्षले छोराको अपहरण गरी हत्या पश्चात डुबेर मरेको देखाउन पोखरीमा फालेको बताइन् । वैशाखमा आर्थिक लेनदेनको विषयलाई लिएर गाउँका एक पक्षसँग झगडा भएको आमा रन्जनाले भनिन् । 

पोखरीमा मृत फेला परेका बालक सुजितको शव शुक्रबार धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गराई शव आफन्तको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले सुक्ष्म रुपमा घटनाको अनुसन्धान भइरहेको बताए । 

हत्या हो वा डुबेर मृत्यु भएकोबारे पोष्टमार्टमा रिपोर्ट आएपछि मात्रै भन्न सकिने डीएसपी भारतीको भनाइ छ । उनले भने, ‘पोष्टमार्टम रिपोर्छ आउन अझै २ दिन लाग्न सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप