बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा सुत्केरी महिलामा कोरोना देखियो

शनिबार, २४ जेठ २०७७, १५ : ३५
शनिबार, २४ जेठ २०७७

काठमाडौँ । डडेल्धुरामा एक सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–४ की २१ वर्षीया महिला रहेकी छन् । 

शनिबार धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा ती महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

नवदुर्गा गाउँपालिका सिराडस्थित क्वारेन्टाइनबाट ती महिला सुरक्षित प्रसुतिका लागि २१ जेठमा डडेल्धुरा अस्पताल पुगेकी थिइन् । २२ जेठमा उनको स्वाव संकलन गरेर धनगढी पठाइएकोमा शनिबार रिपोर्ट पोजिटिभ आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप