केन्द्रीय संस्करण

अलकायदा मालीका प्रमुख मारिएको फ्रान्सेली रक्षामन्त्रीद्वारा जानकारी

person explore access_timeजेठ २४, २०७७ chat_bubble_outline0

एजेन्सी । फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अल कायदाको मालीका प्रमुखको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको जानकारी दिएका छन् ।  रक्षामन्त्री पार्लीले फ्रान्सेली सैनिकको कारबाहीमा परी अल कायदाको मालीका प्रमुख अब्लेलमार्क ड्रकदेलको ज्यान गएको शनिबार जानकारी दिएका हुन् । 

शुक्रबार आफ्नो ट्वीटर पेजमा उनले सो कुराको जानकारी दिनुभएको पेरिसबाट प्राप्त भएको समाचारमा जनाइएको छ । मालीमा एक्युएमआई नामक आतंककारी संगठन चलाएको र सो संगठन अलकायदासँग आबद्ध रहेको जानकारी उनले दिएका छन् । 

मालीमा सो संगठनले सन् २०१२ देखि नै आतंक मच्चाइ आएको छ । त्यस वर्ष मालीको उत्तरी भूभाग सो संगठनले कब्जा गरेको थियो । पछि उक्त भूभाग फ्रान्सेली सेनाले फिर्ता ल्याएको थियो ।
उक्त आतंककारी संगठनले सन् २००७ देखि उत्तरी अफ्रिका र साहेलमा पनि सशस्त्र लडाकूहरुमार्फत हिंसात्मक आक्रमण गरी आतंक मच्चाउने गरेको पनि बताइएको छ । –एएनआई
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.