बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित (अपडेट)

शनिबार, २४ जेठ २०७७, १३ : ३८
शनिबार, २४ जेठ २०७७

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१ हजार ७१७ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । 

नेपाली समयानुसार शनिबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३३ लाख ५१ हजार ४०६ जना निको भएका छन्। ।  हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३१ लाख २ हजार ५१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख ६५ हजार ९१२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ ।  यस प्रकोपको कारण अमेरिकामा १ लाख ११ हजार ३९४ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा १० लाख ७२ हजार ७९२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४७ हजार ४६३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २२ लाख २९ हजार १७६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३३ हजार ९७२ जनाको मृत्यु भएको छ । 

युरोपमा २० लाख ६२ हजार १६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७७ हजार ९६० को मृत्यु भएको छ । एसियामा १२ लाख ९८ हजार ६६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३३ हजार ७८४ जनाको मृत्यु भएको छ ।
  
अफ्रिकामा १ लाख ७९ हजार ३३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ९४२ जनाको मृत्यु भएको छ ।  ओसियाना ८  हजार ८६५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ । - एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप