बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश प्रमुखलाई पञ्चवर्षीय योजना हस्तान्तरण

शनिबार, २४ जेठ २०७७, १३ : ३१
शनिबार, २४ जेठ २०७७

कास्की । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब हस्तान्तरण गरिएको छ ।

प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेशले तयार गरेको गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब आयोगका उपाध्यक्ष डा गिरधारी शर्माले प्रदेश प्रमुख शेरचनलाई हस्तान्तरण गरेका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकार्पण गर्नुभएको सो पुस्तकमा प्रदेशमा आगामी पाँच वर्षमा गरिने मुख्य योजनाहरू समेटिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप