शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनको प्रवाह नगरी काममा निस्कन थाले सर्वसाधारण

शनिबार, २४ जेठ २०७७, १३ : १८
शनिबार, २४ जेठ २०७७

काठमाडौं । सरकारले जारी गरेको लकडाउनको आज ७५ दिन पुगको छ । 

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्त सम्म लम्ब्याएको छ ।

 लामो समयसम्म लकठाउन भएपछि जनजीवनसँगै आर्थिक जीवनमा समेत असर पर्न थालेका कारण केहीदिन यता मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कन थालेका छन् । जसका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ ।

 शनिबार बिदाको दिन भएको र पानी समेत परेकाले उपत्यकामा सवारी चाप केही कम देखिएको छ । उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी चाप कम भएको पाइएको हो । प्रहरीले विभिन्न ठाउँमा चेकजाँचलाई कडाई पारेको छ । अत्यावस्यक सेवा र सवारी पास नलिई हिँड्ने सवारीलाई नियन्त्रणमा लिइ कारबाही गरेको देखिन्छ ।

उपत्यकाका भित्रि सडकहरुमा पनि सवारी साधन र मानिसहरुको आवागमन देखिन्छ । केही खाद्य सामग्रीका पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरिरहेको देखिन्छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप