शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प भन्छन् – २० लाख भ्याक्सिन उत्पादन भइसक्यो, चेकजाँच मात्रै बाँकी

शनिबार, २४ जेठ २०७७, १३ : ११
शनिबार, २४ जेठ २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा कोरोना भाइरसको २० लाख भाइरस भ्याक्सिन उत्पादन भइसकेको दाबी गरेका छन् ।

 यी भ्याक्सिन तयार अवस्थामा रहेको र वैज्ञानिकहरुले सुरक्षित र प्रभावकारी भए–नभएको जाँच गरेपछि बजारमा लैजान सकिने दाबी उनले गरेका हुन् । 

‘भ्याक्सिन निर्माणमा अद्भूत प्रगती भइरहेको छ,’ शुक्रबार बिहान ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘यदि परीक्षणले सुरक्षित देखायो भने हामीसँग २० लाखभन्दा धेरै भ्याक्सिन तयारी अवस्थामा छ ।’

यता ह्वाइट हाउसका स्वास्थ सल्लाहकार एन्थोनी फाउचीले ट्रम्पले गरेको टिप्पणीबारे आफुलाई थाहा नभएका बताए । ‘उनले त्यस्तो भनेको मैले सुनेको छैन्,’ भ्याक्सिन निर्माणका लागि अमेरिकाले गरिरहेको प्रयासमा सक्रिय रुपमा संलग्न फाउचीले भने । 

यसबारे ह्वाउहाउसका प्रवक्ता, स्वास्थ विभागका प्रवक्ता कसैले पनि कुनै टिप्पणी गरेका छैनन् । खासमा कुनै पनि भ्याक्सिन निर्माण भइसकेपछि यसले स्विकृतिप्राप्त हुनअघि हजारौंको संख्यामा मानिसहरुमा परीक्षण गर्नुपर्छ । 
‘हामीले भ्याक्सिन निर्माणमा निकै राम्रो गरेका छौं । मलाई लाग्छ तपाईहरुले केही अति सकारात्मक सरप्राईज औषधि पाउनुहुनेछ,’ ट्रम्पले भनेका छन् । 

ट्रम्प प्रशासनले भ्याक्सिन उत्पादनका लागि पाँचवटा कम्पनीहरुलाई छनोट गरेको छ । शुक्रबार ट्रम्पले यी पाँच कम्पनीमध्ये कसले उत्पादन सुरु गरे भन्ने विषयमा केही बोलेनन् । 

नेशनल इन्स्टिच्युट अफ हेल्थले फास्ट ट्रयाकमै  कोभिड–१९ को संभावित भ्याक्सिन निर्माणका लागि बायोटेक कम्पनी मोडर्नासँग सहकार्य गरिरहेको छ । 

यसै साताको सुरुमा ह्वाइटहाउसका स्वास्थ सल्लाहकार एन्थोनी फाउचीले संभावित भ्याक्सिनका कम्तिमा ४ वटा परीक्षणमा आफु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न भएको बताएका थिए । फाउचीले २०२१ को सुरुवातसम्म अमेरिकी मिलियन डोज उपलब्ध हुने आशा राखेका थिए । 

महामारीका कारण अमेरिकी स्वास्थ अधिकारी र अनुसन्धानकर्ताहरु भ्याक्सिन निर्माणमा तिव्र रुपमा अघि बढिरहेका छन् र उनीहरुले भ्याक्सिन निर्माताहरुका लागि धेरै चरणमा लगानी गरिदिएका छन्, यदी भ्याक्सिन प्रभावकारी वा सुरक्षित निस्किएन भने यो लगानी व्यर्थ हुनेछ । 

अमेरिकी अधिकारी र वैज्ञानिकहरु कोभीड–१९ रोकथाम गर्ने भ्याक्सिन २०२१ को मध्यसम्म आइपुग्नेमा आशावादी छ । 

ट्रम्पे शुक्रबार दाबी गरेका छन्, ‘अमेरिकी अधिकारीहरु अब रोगलाई बुझ्नसक्ने भएका छन् ।’ यद्यपी, वैज्ञानिकहरुले भाइरसको मुलभूत चरित्रबारे आफुहरुले अझै पूर्ण रुपमा नबुझेको बताएका छन् । उनीहरुले मानिस संक्रमित भएपछि उसको प्रतिरोधी प्रणालीले कसरी प्रतिक्रिया दिन्छ भन्नेबारे पनि केही थाहा नभएको बताए ।

मंगलबार फाउचीले संभावित कोरोना भाइरस भ्याक्सिनको स्थायित्वबारे चिन्ता रहेको बताएका थिए । उनले भ्याक्सिनले लामो समय प्रतिरोधी क्षमता उपलब्ध नगराउन पनि सक्ने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप