शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनबाट प्रभावितलाई राहत वितरण

शनिबार, २४ जेठ २०७७, १२ : ५९
शनिबार, २४ जेठ २०७७

जनकपुर । लामो समयको लकडाउनका कारण समस्यामा परेका अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ । 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड जनकपुर र धनुषा चेम्बर अफ कमर्सले  गरीब, अति विपन्न र दैनिक मजदूरी गरि जीवनयापन गर्दै आइरहेका १ सय १  परिवारलाई राहत वितरण गरेको हो ।

शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का उनीहरुलाई चामल, दाल, आलू, प्याज, सोयाबीन र एक पोका नून राहत स्वरुप उपलब्ध गराइएको थियो । 

राहत वितरण कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, वाणिज्य बैंकका शाखा प्रबन्धक रञ्जिता झा, धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साह, बरिष्ठ उपाध्यक्ष सरोज मिश्र, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह, चेम्बर अफ कमर्सका प्रदेश नम्बर २ का अध्यक्ष पवन ठाकुर लगायतकाहरुको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप