बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा प्रहरीले एक व्यक्तिलाई ‘जर्ज फ्लोयड’ लाई झैं घुँडाले घाँटी थिच्दा हंगामा

शनिबार, २४ जेठ २०७७, १२ : ३१
शनिबार, २४ जेठ २०७७

भारतको जोधपुरको एउटा भिडियोले सोसल मिडियामा सनसनी मच्चाएको छ । यो भिडियोमा मास्क नलगाएका कारण प्रहरी अधिकारीले एक व्यक्तिको गर्धनमा घुँडाले थिचेको देख्न सकिन्छ ।

सोसल मिडियामा मानिसहरुले यसलाई भारतमा ‘जर्ज फ्लोयड हमला’ बताइरहेका छन् । भिडियो सार्वजनिक भएपछि जोधपुर प्रहरीको तिखो आलोचना भएको छ ।

इन्डियन एक्सप्रेसमा छापिएको एक खबर अनुसार मुकेश कुमार प्रजापत नामका एक व्यक्ति मास्क नलगाई घर बाहिर निस्किएका थिए । यद्यपि, जोधपुरका डिसिपि प्रिति चन्द्राले प्रहरीले आत्मरक्षाका लागि यस्तो कदम उठाएको बताएका छन् ।

उनले भने, ‘ती व्यक्ति मास्क नलगाई घर बाहिर निस्किएका थिए । प्रहरीले जब उनलाई यसबारे सोधे तब उनले खल्तीबाट मास्क निकालेर देखाए र उनलाई धम्की दिन थाले । त्यसपछि प्रहरीले जीप मगाए तर जीप आउनु अघि नै ती व्यक्तिले प्रहरीलाई थप्पड र मुक्का हान्न सुरु गरे । तसर्थ प्रहरीले यस्तो कदम उठाउनु परेको हो ।’

केहि दिन अघि अमेरिकामा पनि यस्तै घटना भएको थियो । एक श्वेत प्रहरीले अफ्रिकी अमेरिकी जर्ज फ्लोयडको गर्धनमा आफ्नो घुँडाले थिचेका थिए र धेरै बेरसम्म सास फेर्न नपाएका कारण जर्ज फ्लोयडको मृत्यु भएको थियो । त्यतिबेलादेखि अमेरिकामा लगातार विरोध प्रदर्शन भइरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप