भारतमा इटालीमा भन्दा धेरैमा कोरोना संक्रमण, सक्रिय संक्रमितका आधारमा विश्वकै चौथो स्थानमा
भारतमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको कुल संख्या २ लाख ३६ हजार ९ सय ५४ पुगेको छ । यससँगै इटालीलाई उछिनेर भारत कोरोना संक्रमित देशको सूचीमा छैटौं स्थानमा उक्लिएको छ ।
इटालीमा कुल २ लाख ३४ हजार ५ सय ३१ जना कोरोना संक्रमित छन् । यो सूचीमा अमेरिका, ब्राजिल, रुस, स्पेन र बेलायत भारतभन्दा अगाडि छन् ।
सक्रिय संक्रमितका आधारमा भने भारत चौथो नम्बरमा छ । भारतमा कुल संक्रमितमध्ये १ लाख १४ हजार ७३ जना निको भइसकेका छन् भने ६ हजार ६ सय ४९ जनाको ज्यान गइसकेको छ । १ लाख १६ हजार २ सय ३२ जनामा सक्रिय संक्रमण छ । भारतभन्दा ज्यादा सक्रिय संक्रमित अमेरिका, ब्राजिल र रुसमा छन् ।
अर्को दक्षिण एशियाली देश पाकिस्तान कुल संक्रमितका आधारमा यो सूचीमा १७ औं स्थानमा छ । यहाँ, कुल ९३ हजार ९ सय ८३ मा संक्रमण देखिएकोमा १ हजार ९ सय ३५ जनाको ज्यान गएको छ, ३२ हजार ५ सय ८१ जना निको भएका छन् ।
५९ हजार ४ सय ६५ जनामा संक्रिय संक्रमण अर्थात् एक्टिभ इन्फेक्सन छ । सक्रिय संक्रमितका आधारमा पाकिस्तान अति प्रभावित देशको छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु