बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा सशस्त्र प्रहरीद्धारा १५ लाख रुपैयाँसहित अवैध कपडा बरामद

शनिबार, २४ जेठ २०७७, ११ : ४६
शनिबार, २४ जेठ २०७७

बारा – बारास्थित सशस्त्र प्रहरीबलले भारतबाट नेपाल भि¥याउँदै गरेको १५ लाख नेपाली रुपैयाँसहित अवैध कपडा बरामद गरेको छ । 

सशस्त्र प्रहरीले शनिबार विहान सिम्रौनगढ नगरपालिका ६ अमरपुरबाट १५ लाख नेपाली रुपैयाँ सहित भन्सार छलीका कपडा बरामद गरेको हो । 

कपडासँगै बोरामा लुकाई राखेको अवस्थामा उक्त बरामद गरिएको सशस्त्र प्रहरीका एसपी दिग्विजय सुवेदीले जानकारी दिएका छन् ।

विहान ४ बजे गस्तीको क्रममा  अमरपुर नहर नजिकै एकजना तस्करले गस्ती टोलीलाई हेरेर कपडा र रकम सहितको बोरा पोको फालेर  भागेपपछि बरामद गरीएको एसपी सुबेदीले बताएका छन् । 

बोरामा नगदसहित फेला परेको केही रेडिमेड कपडाको अन्दाजी बजार मुल्य ३३ हजार ५० भन्दा बढी रहेको अनुमान गरिएको छ ।

बारामा हुण्डी कारोवारी मौलाएको अनुमान गर्दै बरामद रकम र कपडा  सम्बन्धित निकायमा बुझाउने तयारी सशस्त्र प्रहरी बाराले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप