शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राहत सामग्री वितरण गर्दै सेभेन समिट

शनिबार, २४ जेठ २०७७, ११ : १५
शनिबार, २४ जेठ २०७७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण देश अहिले लकडाउनमा छ । यो समयमा सबै घरमै थन्किएका छन् । प्रायः सबै व्यवसायीहरु फुर्सदमा छन् तर पर्यटन व्यवसायी टासी लाक्पा शेर्पालाई भने भ्याइनभ्याइ छ । लकडाउनका कारण समस्यामा परेका आफ्ना जिल्लावासीलाई राहत उपलब्ध गराउन उनी दौडधुप गरिरहेका छन् । 

उनले सेभेन समिट ट्रेक्स प्रालिको अगुवाईमा शनिबार राजधानीका विभिन्न स्थानमा बसोवास गर्दै आएका संखुवासभाका १२ सय परिवारलाई आवश्यक खाद्यान्न उपलब्ध गराएका छन् । 

भक्तपुर, काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा पुगेर उनीहरूलाई राहत वितरण गरिएको हो । यसअघि २०७२ सालको भूकम्पमा पनि उनले प्रत्यक्ष रूपमा सहयोग उपलब्ध गराएका थिए ।

कोरोनाबाट विश्वनै आक्रान्त भइरहेको बेला अति विपन्न वर्गका परिवार, पढ्न आएका विद्यार्थीहरु, उपचार गर्न आएका बिरामीहरू, रोजगारीको निमित्त आएका साथीहरु, अपाङ्ग, असक्त व्यक्तिहरू र ज्यालादरी मजदुरी गर्ने जिल्लावासीलाई राहत बाँडेको सेभेन समिटका प्रबन्ध निर्देशक समेत रहेका शेर्पाले बताए । 

‘१२ सय परिवार (६ हजार ५००) भन्दा बढी संखुवासभालीलाई राहत सामग्री तथा केही रकम सहयोग गरेका हौं,’  शेर्पाले भने, ‘राहत वितरणको आज २९ औँ दिन हो । अन्य जिल्लाका ३६० परिवार (८५०) जना भन्दा बढीलाई राहत सामग्री वितरण गरिसकेका छौं ।’

शेर्पाका अनुसार लकडाउनको समयमा ६० लाख बराबरको राहत सामग्री वितरण भइसकेको छ । 

अझै पनि समस्यमा परेकाहरूलाई आवश्यकता अनुसर फेरि पुन राहत सामाग्री उपलब्ध गराउने बताउँदै शेर्पाले ‘सम्पूणलाई सुरक्षित भएर बस्न’ समेत आग्रह गरेका छन् । 

राहत वितरण गर्ने प्रणाली
१. तीन जना परिवार संख्यालाई २५ केजी चामल र पाँचसय रुपैयाँ ।

२. चार जना भन्दामाथिको परिवार संख्या हुनेलाई २५ केजी चामल र एक हजार रुपैयाँ ।

३. साथै आवश्यकता अनुसार पीडितको समस्य हेरी थप रकम ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप