केन्द्रीय संस्करण

सुरक्षित मातृत्व सेवाका लागि चौधरी फाउण्डेसनको सहयोग, प्रदेश प्रदेश २का प्रसुती गृहहरुमा स्वास्थ्य उपकरण वितरण गरिने

person explore access_timeजेठ २४, २०७७ chat_bubble_outline0

काठमाडौं– चौधरी फाउण्डेसनले प्रसुती सेवा केन्द्रहरुका लागि स्वास्थ्य सम्बन्धि विविध उपकरणहरु वितरण गरेको छ । शुक्रबार फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले स्वास्थ्य सामाग्री सुरक्षित मातृत्व संजाल महासंघका महासचिव रविन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरे ।

कोरोनाभाइरसको रोकथाम तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि अत्यावश्यक ६० थान पीपीई, ७५०० थान मास्क, ६००० थान ग्लोब्स, ३० थान थर्मल गन, १६० लिटर सेनिटाइजर, १६८० थान सेनिटरी प्याड, ६०० थान हात धुने साबुन लगायतका सामाग्री वितरण गरिएको हो ।

महिलाहरुको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकारको रक्षाका लागि विविध कार्यहरु गर्दै आएको सुरक्षित मातृत्व संजाल महासंघले उक्त सामाग्री प्रदेश २ का विभिन्न ३० प्रसुती गृहहरुमा वितरण गरिने जनाएको छ ।

नेपाल दक्षिण एशियामा नै उच्च मातृ र शिशु मृत्युदर भएको मुलुकअन्तर्गत पर्दछ । सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा प्रति एक लाखमा २३९ मातृ मृत्युदर छ । स्वास्थ्य उपकरणको अभाव हुँदा गर्भवती महिलाहरु चेकजाँचबाट नै वञ्चित हुनुपर्ने अवस्था रहेको र लकडाउनको अवधिमा ३१ ज्ना गर्भवती तथा सुत्केरीले ज्यान गुमाउन पुगेको समाचार हालै सार्वजनिक भएका छन् । 

अझ २ नम्बर प्रदेशमा भारतबाट आएको ठूलो जनसंख्या बसोबास गर्ने भएकाले कोरोना भाइरस संक्रमणका कारण मातृ तथा नवजात शिशुको स्वास्थ्य यस क्षेत्रमा अझ बढि जोखिममा रहेको छ । यस्तोमा उक्त प्रदेशमा सुरक्षित प्रसुती सेवा प्रवाह गर्न अग्रपंक्तिमा रही कार्यरत स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामाग्रीकै अभावमा उपचार नपाएर गर्भवती, सुत्केरी तथा नवजात शिशु कसैले अकालमै ज्यान गुमाउन नपरोस भनि उक्त सामाग्रीहरु सहयोग गरेको फाउण्डेसनले जनाएको छ ।  

यसअघि चौधरी फाउण्डेसनले मुलुकभरिका विभिन्न ११९ स्वास्थ्य केन्द्रहरुमा मेडिकल उपकरण वितरण गरिसकेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.