बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा रौतहटबाट ६६ लाख बढीको अवैध सामान बरामद

शनिबार, २४ जेठ २०७७, १० : २९
शनिबार, २४ जेठ २०७७

रौतहट – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनकै अवधिमा रौतहट प्रहरीले ६६ लाख भन्दा बढीको सामान बरामद गरेको छ ।

गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनमा विभिन्न नाका हुँदै तस्करहरुले भित्र्याएको उक्त मूल्य बराबरको बिभिन्न सामान प्रहरीले बरामद गरेको हो ।

रौतहट प्रहरीप्रमुख एसपी रबीराज खड्काको विशेष सक्रियतामा तस्करीका सामान सहित सवारी साधन र केही तस्करलाई समेत प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याएको हो ।

लकडाउनको अवधिमा भारतबाट चोर बाटो भएर नेपाल प्रवेश गर्न रोक्न लगाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको ध्यान सीमानामा केन्द्रित भएको थियो ।

तर, खुला सीमानाको फाईदा उठाँउदै गत चैत्र महिनामा विभिन्न नाका बाट भित्र्याएको एकलाख ८६ हजार बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी, बैशाख महिनामा २८लाख ३५हजार नौसय ५० रुपेया मुल्य बराबरको अवैध सामान बरामद भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

जेठ महिनाको २० गतेसम्म ३८ लाख ७४ हजार आठसय ६० बराबरको कपडा, किराना, कस्मेटिक, विभिन्न प्रकारको सुर्तीजन्य पदार्थ, भारततर्फ लैजाँदै गरेको मदिरा लगायतका सामान प्रहरीले बरामद गरेको छ ।

यस अवधिमा तस्करीका सामान सहित तस्करीमा प्रयोग भएको तीन ठूला सवारीसाधन, ९ मोटरसाईकल, ५ साईकल बरामद हुनुका साथै ११ जना तस्करलाई पक्राउ  गरी कारबाहीको दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप