शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा यी अभिनेताले मागेका थिए आर्थिक मद्दत, अब भिडियो सेयर गरेर भने, ‘कृपया, थप पैसा नपठाउनुहोस्’

शनिबार, २४ जेठ २०७७, ०९ : ४५
शनिबार, २४ जेठ २०७७

लकडाउन मानिसहरुको सुरक्षार्थ गरिएको थियो तर यतिबेला सबै काम ठप्प भएपछि मानिसहरुको अघिल्तिर आर्थिक समस्या सबैभन्दा ठूलो चुनौतीको रुपमा खडा भयो । यतिबेला थुप्रै बलिउड र टिभी कलाकारले आफ्नो खराब आर्थिक अवस्थाबारे कुरा गरिरहेको देखिए । यसमा अभिनेता राजेश करीर पनि छन् जसले लकडाउनका कारण आफ्नो खराब आर्थिक स्थितीबारे जानकारी दिँदै सोसल मिडियामा मानिसहरुसँग आर्थिक मद्दतको अपिल गरेका थिए । उनको यो अपिलपछि चारैतिरबाट मानिसहरुले उनलाई समस्याबाट निस्कन मद्दत गरे । यस्तै अब यी अभिनेताले भिडियो सेयर गर्दै आफूलाई थप पैसाको आवश्यकता नभएको बताएका छन् । उनले आफूलाई मद्दत गर्नका लागि चारैतिरबाट मानिसहरु मद्दतका लागि एकजुट भएको पनि बताए ।

राजेश करीरले हालै आफ्नो फेसबुक अकाउन्टमा भिडियो सेयर गरेका छन् । यो भिडियोमा उनले भने, ‘मैले आइतबार फेसबुकमा पोस्टमा आफ्नो खराब स्थितीबारे बताएको थिएँ । म तपाईंलाई भन्न चाहन्छु कि आइतबारदेखि बिहिबारसम्म मलाई भगवानले आफ्नो दुबै हातले तपाईंहरु सबैमार्फत् मलाई मद्दत गर्नुभएको छ । मलाई यस्तो लाग्यो कि पूरा भारतीय जनताले मेरो हात थामेका छन्, काँधमा हात राखिदिएका छन् । चिन्ता नगर, हामी सबै तिम्रो साथमा छौं भन्ने भाव दर्साउँदै मेरो परिवारको मद्दत गर्नुभयो । आज म सन्तुष्ट छु र आज मेरो स्थिती त्यस्तो खराब छैन । म तपाईं सबैको, हरेक भारतीय र मिडियालाई धन्यवाद दिन चाहन्छु ।’

JAI HIND....JAI BHARAT...

Posted by Rajesh Dharas on Thursday, 4 June 2020

राजेशले सबैलाई हात जोडेर मनैदेखि धन्यवाद दिएको बताएका छन् । यसका साथै उनी थप्छन्, ‘म यो भन्न चाहन्छु कि अब कृपया मेरो अकाउन्टमा कसैले पनि पैसा नहाल्नुहोस् । मलाई यस्तो लागिरहेको छ कि तपाईंहरुले मेरो हैसियतभन्दा थुप्रै गुणा बढी मद्दत गर्नुभएको छ । मैले अन्त्यमा आफ्नो परिवारलाई आफैंले सम्हाल्नुछ । म हात जोडेर बिन्ति गर्छु कि अब कृपया मेरो अकाउन्टमा पैसा नपठाउनुहोस् ।’

उनी थप्छन्, ‘मैले तपाईंको ऋण कसरी चुक्ता गरुँला, त्यो मलाई थाह छैन, तर मलाई जतिले मद्दत गर्नुभएको छ, उहाँहरुलाई असाध्यै धन्यवाद र भगवानले तपाईंलाई हरेक प्रकारको खुसी दिउन् भन्ने कामना गर्न चाहन्छु ।’

स्मरण रहोस्, राजेश करीर पञ्जाबका हुन् । उनी करिब १५ वर्षदेखि मुम्बईमा परिवारसहित बसिरहेका छन् । उनले नायिका शिवांगी जोशीको टिभी शोमा उनको पिताको भूमिका निभाइसकेका छन् । लकडाउनको क्रममा काम ठप्प भएका कारण उनी आर्थिक समस्याको शिकार भएका थिए । जसमार्फत् उनले फेसबुकमार्फत् मद्दत मागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप