बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड फिल्म निर्माता अनिलको कोरोनाका कारण निधनः भाइको आरोप, ‘दुईवटा अस्पतालले उपचार गर्न मानेनन्’

शनिबार, २४ जेठ २०७७, ०९ : ००
शनिबार, २४ जेठ २०७७

बलिउडका वरिष्ठ फिल्म निर्माता अनिल सुरीको कोरोनाभाइरसको संक्रमणका कारण निधन भएको छ । उनी ७७ वर्षका थिए । अनिलका भाइ तथा फिल्म निर्माता राजिव सुरीले अनिललाई जून २ तारिखमा ज्वरो आएको र त्यसको केही घण्टामा नै स्थिती बिग्रिएको जानकारी दिए । अनिलको बिहिबार राती ७ बजे निधन भएको हो ।

अनिल सुरीको अन्तिम संस्कार भोलिपल्ट शनिबार बिहान ओशिवारा शवदाहगृहमा गरिएको हो । त्यतिबेला परिवारका चारजना सदस्य मात्रै उपस्थित थिए । अन्तिम संस्कारका बेला सबैले पिपिई किट लगाएका थिए ।

भाइले भने, ‘बुधबारदेखि बिग्रियो स्वास्थ्य स्थिती’

राजिवले भने, ‘जून ३ मा अनिल सास फेर्न सकिरहेका थिएनन् । हामीले उनलाई अस्पताल दौडायौं । तर, हिन्दुजा र लिलावतीजस्ता अस्पतालले सेवा दिन अस्विकार गरे । त्यसपछि उनलाई नगरपालिकाको अस्पालमा बुधबार राती भर्ना गरियो । उनलाई कोरोनाको संक्रमण भएको थियो । बिहिबार डाक्टरले केही गडबडी भएको भन्दै उनलाई भेन्टिलेटरमा राख्यो ।

अनिल सुरीले राजकुमार र रेखा स्टारर कर्मयोगी र राजतिलकजस्ता फिल्मको निर्माण गरेका थिए ।

संयोग नै मान्नुपर्छ बिहिबार बिहान बलिउड फिल्म निर्माता बासु चटर्जीको मृत्यु भएको थियो र त्यसैदिन बेलुका राजिवका भाइ अनिलको पनि मृत्यु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप