शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पीसीआर परीक्षण नगर्ने योजनामा सरकार, संक्रमणको दर अत्यधिक बढ्ने खतरा

शनिबार, २४ जेठ २०७७, ०७ : ०७
शनिबार, २४ जेठ २०७७

काठमाडौं – सरकारले क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने भएको छ । तर, विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, सरकारले उनीहरूको सुझावलाई बेवास्ता गरेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरस पहिचानका लागि आरटीपीसीआर विधि नै उपयुक्त भएको बताए पनि क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने योजनामा सरकार पुगेको हो । जसका कारण संक्रमणको दर अत्यधिक बढ्ने खतरा देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस पहिचानका लागि आरडीटी कीट प्रयोग नगर्न पटक पटक भन्दै आएको छ । तर, संक्रमणको स्रोत नै मानिएका क्वारेन्टिनमा बस्दै आएका नागरिकहरू लक्षणविहीन देखिए तत्कालका लागि आरडीटी कीट प्रयोग गर्ने गरी स्वास्थ्य मन्त्रालयले निर्देशिका तयार पारेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप