शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा थपिए तीन संक्रमित, गण्डकीमा संक्रमित संख्या ७५ पुग्यो

शनिबार, २४ जेठ २०७७, ०६ : ५०
शनिबार, २४ जेठ २०७७

पोखरा – गण्डकी प्रदेशमा थप १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

यो सँगै गण्डकीमा संक्रमित कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्की, स्याङ्जा, बागलुङ र नवलपुरमा गरि १७ संक्रमित थपिएका हुन् ।

शनिबार कोरोना पुष्टि हुने १७ संक्रमितमध्ये स्याङ्जाको वालिङ नगरपालिका र हरिनास गाउँपालिका १० जना रहेका छन् । संक्रमित वालिङ नगरपालिकाका १६, १९, ३२, २५, ३२, ४४, ५२ र ५४ वर्ष उमेर समुहका रहेका छन् । यस्तै हरिनास गाउँँपालिकाका १८ र ४० वर्षिय दुई पुरुष रहेका छन् । बागलुङको ताराखोलामा ३९ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

कास्कीमा पनि ३ नयाँ संक्रमित भेटिएका छन् । कास्कीको रुपा गाउँपालिका २३ र ३२ वर्षिय दुई पुरुष र पोखरा महानगरपालिकाका ५९ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षिय तीन पुरुषमा कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिकाका एक पुरुषमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो । उनको अहिले काठमाडौंमा उपचार चलि रहेको छ ।

पछिल्लो अपडेटअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप