शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिकापुर अस्पतालबाट ५ जना डिस्चार्ज

शुक्रबार, २३ जेठ २०७७, २२ : ४४
शुक्रबार, २३ जेठ २०७७

कैलाली । सुदुरपश्चिम प्रदेशको टिकापुर अस्पतालको आईसोलेसनमा भर्ना भई उपचार गराईरहेका कोभिड-१९ का ५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन । संक्रमित ११ जनामध्ये ५ जना निको भई डिस्चार्ज भएको टिकापुर अस्पताल ब्यवस्थापन समितिका अध्यक्षय दिपक रावलले रातोपाटी लाई जानकारी दिए । डिस्चार्ज भएका ५ जना कैलालीको जानकी गाउँपलिका निवासी भएको उनले वताए । जानकी गाउँपालिका वडा नं ३ बस्ने बर्ष २१, ३८, वडा नं ७ को वर्ष १९ को र वडा ४ बस्ने वर्ष २५ र ३० का पुरुष रहेको उनले बताए ।

जेठ ७ गते सेती प्रादेशिक अस्पतालको प्रयोशालामा रहेको पिसिआर मेसिनबाट स्वाव परिक्षण गर्दा उनीहरुमा कोभिड १९ को संक्रमित पुष्टि भएको थियो । २ जना कैलालीको त्रिनगर भन्सार हुँदै भारतबाट आएका थिए भने १ जना टिकापुर खग्रोला नाकाबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए ।  १ जना नेपालगञ्ज र १ जना इटहरीबाट आएको रावलले जानकारी दिए । टिकापुर अस्पतालमा अब ६ जना संक्रमित बाँकी भएको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप