बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । गएको २४ घन्टाभित्र बेलायतको अस्पातालमा थप ३ सय ५७ जनाको कोरोना भाइरसका कारण निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ४० हजार २ सय ६१ पुगेको छ ।
यसैगरी २४ घन्टामा थप १ हजार ६ सय ५० जानामा कोरोना पोजिटिभ देखिएको छ । हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ८३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । विश्वभरिमा ४० हजार भन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका पछि बेलायत दोस्रोमा पर्दछ । बेलायत युरोपकै बढी संक्रमित मुलुकमा पर्दछ ।
यसैगरी बेलायतमा कोरोनाबाट मृत्यु नेपालीहरुको कुल संख्या ६७ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । प्रवक्ता शरदराज आरनका अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीमध्ये ५६ जना पुरुष र ११ महिला छन् । उनीहरुमध्ये भूपू गोर्खा र उनीहरुका परिवारका सदस्यको संख्या ५६ जना छ । दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, भूपू गोर्खाका संघसंस्था र स्थानीय काउन्सिलहरुसंगको समन्वयमा तथ्याँक संकलन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा
-
‘निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन्’
-
पाल्पामा युवतीको हत्या, एक युवक पक्राउ