शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाका नेता खत्रीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

शुक्रबार, २३ जेठ २०७७, २० : ०९
शुक्रबार, २३ जेठ २०७७

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्रीलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आज खत्रीलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो । 

आदेशमा आयोग केन्द्रीय कायालयमा यही जेठ २५ गते खत्रीलाई उपस्थित गराई आयोगका अध्यक्ष वा सदस्यको रोहबरमा थुनामुक्त गर्न भनिएको छ । गैरकानूनी रुपमा खत्रीलाई पटकपटक थुनामा राखिएको उल्लेख गर्दै आदेशमा खत्रीलाई थुनामुक्त गरेर सम्मानपूर्वक बाँच्न पाउने हकको उपभोग गर्ने सन्दर्भमा आयोगले नै अनुगमन गर्नु भनी आदेशमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप