शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किट आएपछि कोरोना परीक्षण तीव्र

शुक्रबार, २३ जेठ २०७७, १७ : ५९
शुक्रबार, २३ जेठ २०७७

लहान । कोरोना भाइरसको परीक्षण गर्न आरडिटी किट आएपछि सिरहामा  परीक्षणलाई तीव्रता दिइएको छ । ‘दुई दिनअघि मात्रै करिब एक हजार ५०० आरडिटी किट आइपुग्यो’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विष्णुदेव यादवले भने, ‘किट आएलगत्तैबाट परीक्षणलाई तीव्रता दिएका छौँ ।’ जिल्लाको कर्जन्हा नगरपालिकाको क्वारेन्टिनमा रहेका २०० को आरडिटी विधिबाट बिहीबार नै परीक्षण गरियो, थप व्यक्तिको आज गरिने उनको भनाइ छ ।

जिल्लाको भगवान्पुर, बरियारपट्टी र माडर र लहानलगायतका स्थानका क्वारेन्टिनमा समेत आज  परीक्षण भइरहेको उनले जानकारी दिए । जिल्लाका विभिन्न क्वारेन्टिनमा बसेकालाई पहिला आरडिटी विधिबाट परीक्षण गरिने र  पोजेटिभ आउनेलाई मात्र पिसीआर विधिबाट परीक्षण गरिने जनाइएको छ । 

भारतबाट दैनिक नेपाली फर्किने क्रम बढेसँगै सिरहा भगवान्पुर, नवराजपुर, बरियारपट्टी, सिरहा माडर, गोलबजार, मिर्चैया, लहानलगायत स्थानका क्वारेन्टिनमा एक हजार ६५० र होम क्वारेन्टिनमा ७२ जना रहेका छन् । जिल्लामा हालसम्म एक हजार ६८० जनाको पिसीआर विधिबाट भएको परीक्षणमा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ६५४ जनाको रिपोर्ट आउन बँकी छ । यस्तै विभिन्न क्वारेन्टिनमा बसेका ७९५ को आरडिटी विधिबाट गरिएको परीक्षणमा आठ जनामा कोरोना पोजेटिभ र ७८७ जनाको रिपोर्ट नेगेटिभ आएको कार्यालयले जनाएको छ । 

कोरोना प्रभावित भारतका विभिन्न स्थानबाट सीमा नाका हुँदै स्वदेश फर्किने नेपालीको सङ्ख्या दैनिकजसो बढ्दै गएपछि सिरहामा क्वारेन्टिन व्यवस्थापन गर्न कठिनाइ भइरहेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । जिल्लाको भगवान्पुर, बरियारपट्टी, माडर, औरही, लहान नगरपालिका, गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकामा क्वारेन्टिनमा श्यया सङ्ख्या बढाइएको छ । ‘सिरहामा पहिला २६५ क्वारेन्टिन श्यया थियो’,  प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले भने, ‘तर अहिले हामीले प्रमुख छ स्थानमा क्वारेन्टिन श्यया थप गरेका छौँ, जिल्लामा क्वारेन्टिन श्यया ९०० पु¥याएका छौँ ।’ जिल्लामा कोरोना सङ्क्रमण्को जोखिम हुन नदिन  जिल्लासँग जोडिएको चारैतिरको नाका बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ गुरागाईँले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप