थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, कूल संक्रमितको संख्या २ हजार ९१२ पुग्यो
कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । सुर्खेत पञ्चपुरीका एक पुरुषको कोरोना भाइरस संक्रमणका कारण जेठ २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आइ १४ दिनसम्म स्थानीय क्वारेन्टिनमा बसी घर फर्किएका पुरुषको मृत्यु भएको बताए ।
उनले क्वारेन्टिनमा आरडिटी परीक्षण गरी पोजेटिभ देखिएपछि घर पठाइएको तर घर पुगेकै दिन मृत्यु भएकोले पीसीआर प्रविधिबाट परीक्षण गर्दा कोरोना पोजेटीभ पाइएको बताए । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा २ सय ७८ जनामा कोरोना संक्रमण फेला परेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेका छन् ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका ८, झापाका १ र मोरङका ६ गरी कुल १५ जनाको संक्रमण फेला परेको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाचीका १ जना, नवलपरासीका १ जना, पाल्पाका १ जना र रुपन्देहीका १८ जना गरी २२ जना, त्रिजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र प्रयोगशाला हेटौडामा सिन्धुलिका २ जना र बाराका २ जना गरी ४ जना, गण्डकी प्रदेशमा रहेको प्रयोगशालामा तनहुँका २ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा भोजपुरका ५ जना, झापाका १ जना र सुनसरीका १३ जना गरि १९ जना, सेती अस्पतालमा कैलालिका ४ जना, अछामका १ जना, बझाङका १ जना र डडेल्धुराका ५ जना गरी ११ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।
त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रामेछापका १७ जना र काभ्रेका ५ जना गरी २२ जना, कोसी अस्पतालमा झापाका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना रामेछापका १ जना र गोरखाका १ जना गरी ९७ जनामा संक्रमण फेला परेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परीक्षणमा सुर्खेतका १ र दाङका १ गरी २ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १ जना, धनुसाका ४ जना, गुल्मीका १ जना, कपिलवस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना र रौतहटका ६ जना गरी ७४ जनामा कोरोना संक्रमण पोजेटिभ पाइएको छ ।
पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । यससँगै अहिले सम्म संक्रमण भई निको हुनेको संख्या ३ सय ३३ पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण