शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनले वाक्क दिक्क बर्षा

शुक्रबार, २३ जेठ २०७७, १६ : २३
शुक्रबार, २३ जेठ २०७७

काठमाडौं । कोरोनाको कहरका कारण अहिले पनि देशभर लकडाउन जारी छ । लकडाउनका कारण सेलिब्रेटीदेखि सर्वसाधारणसम्म सबै घरभित्र खुम्चिएर बस्न बाध्य भएका छन् । सँधै एक्सन कटका लागि सुटिङ लोकेसनमा ब्यस्त रहने कलाकारहरु यो लकडाउनमा पुस्तक पढेर र फिल्म हेरेर दिन काट्ने गर्दछन् । उनीहरुले सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेको तस्बिरबाट पनि सो अनुमान लगाउन सकिन्छ ।

सुरुमा केही साताको लागि गरिएको लकडाउन दिन प्रतिदिन लम्बिदै गएपछि घरभित्र सधै रहनुपर्दा अहिले सबै मानिस वाक्क दिक्क भएका छन् । अभिनेत्री वर्षा शिवाकोटी पनि लकडाउनका कारण आफु पनि वाक्कदिक्क भएको बताएकी छन् । लकडाउनका दिनहरु योगा, पुस्तक अध्ययन र फिल्म हेरेर बिताउने गरेकी बर्षाले सामाजिक सञ्जालमार्फत लकडाउनले आफु निरास भएको बताएकी हुन् । 

उनले निरास महसुस गराउने एक तस्बिर पोष्ट गर्दै क्याम्पसनमा लेखेकी छन् ‘वाक्क दिक्क प्याक्क भएको अवस्था ।’शिवाकोटी लकडाउन अगाडि फिल्म ‘परदेशी २’ को छायाँकनमा व्यस्त थिइन् । लकडाउनका कारण यो फिल्मको छायाँकन रोकिएपछि उनी घरमै सिमित हुन पुगेकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप