बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा थप एक सय जना कोरोना संक्रमित थपिए, कूल संख्या ४८९ पुग्यो

शुक्रबार, २३ जेठ २०७७, १५ : ५८
शुक्रबार, २३ जेठ २०७७

काठमाडौँ । कर्णाली प्रदेशमा कोभिड–१९ का पुष्टि भएका संक्रमितहरुको संख्या ४८९ पुगेको छ । शुक्रबार थप एक सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत स्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु दैलेख, जुम्ला, हुम्ला, दोलखा, रामेछाप, गोरखा, सुर्खेत र जाजरकोटका निवासीहरु रहेका छन् ।

यसमध्ये, सुर्खेतको  पञ्चपुरी निवासी १८ वर्षीय पुरुषको मृत्यु भइसकेको छ । प्रदेशमा ज्यान गुमाउने उनी दोस्रो संक्रमित हुन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप