बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा कोरोनाको उपचारमा सकियो ३६ करोड (खर्चको सूचिसहित )

शुक्रबार, २३ जेठ २०७७, १५ : ५५
शुक्रबार, २३ जेठ २०७७

कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले हालसम्म कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि ‘सुदुरपश्चिम प्रदेश कोरोना भाइरस (कोभिड १९) रोगको जाखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष (स्थापना तथा सञ्चालन) निर्देशिका २०७६’ अनुसार ३६ करोड ४८ लाख ७० हजार खर्च गरेको छ । 

कोषमा जम्मा भएको ४२ करोड ५५ लाख ४९ हजार ४६० रुपैयाँमध्ये उक्त रकम प्रदेशका नौ जिल्लाका विभिन्न स्थानमाकोरोना अस्पताल स्थापना,ल्याव सञ्चलन, विभिन्न उपकरण खरिद तथा स्थानीय तहलाई राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको प्रदेश सरकारले जनाएको छ ।

कोषमा ६ लाख ६७ हजार बाँकी रहेको प्रदेश सरकारले सार्वजनिक गरेको हिसावकितावमा उल्लेख छ । उक्त प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ८८ वटा स्थानीय तहलाई १५ करोड २६ लाख वितरण गरिएको तथा नौ वटा जिल्ला प्रशासनलाई ५ लाखका दरले ४५ लाख वितरण गरेको छ ।

 प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा प्रदेश संकट व्यवस्थापन केन्द्र स्थापना गरेर प्रदेशमा कोभिड १९ विरुद्धका कामकारवाही अगाडि बढिरहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप