शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारको चेत अझै खुलेन: अध्यक्ष राणा

शुक्रबार, २३ जेठ २०७७, १५ : ०७
शुक्रबार, २३ जेठ २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले महामारीले मानवजातिलाई प्रकृतिबारे सोच्न बाध्य बनाए पनि सरकारको चेत नखुलेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा शुक्रबार ट्वीट गर्दै राप्रपा अध्यक्ष राणाले वातावरणको सम्मान गर्न सके विश्व समाजकै कल्याण हुने बताए । यही अर्थमा नेपालमा पनि शासक वर्गको मनमष्तिक परिवर्तन हुनुपर्छ भन्ने भनाइ सार्वजनिक गरे ।

‘वातावरणको सम्मानमा मानवजातिको कल्याण छ । कोरोना प्रकोपले प्रकृतिसँगको सम्बन्धबारे विश्वलाई सोच्न बाध्य तुल्याएको छ । बजेटको सूचना चुह्यो भन्ने नैतिक प्रश्नसँगै विद्युतीय सवारीमा बढ्दो करले अर्थमन्त्री, सरकारको चेत नखुलेको प्रष्ट छ,’ राणाले भने ।

वातावरण संरक्षण र मानव स्वास्थ्यबीचको अन्तरसम्बन्धमा जोड दिँदै उनले भने, ‘वातावरण दिवसमा मनमष्तिक परिवर्तन होस् भन्ने कामना ।’ कोरोना महामारीसँगै कायम रहेको बन्दाबन्दीको समयमा प्रकृति र पर्यावरणको क्षेत्रमा राहत महसुस गरिएको छ । प्रदुषण घटेसँगै वायुमण्डल, नदिनाला लगायतमा सकारात्मक प्रभावहरू देखा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप