शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धा दर्ता

शुक्रबार, २३ जेठ २०७७, १५ : ०२
शुक्रबार, २३ जेठ २०७७

रौतहट । रौतहटमा स्वास्थकर्मीमाथि आक्रमण गर्ने उपर जिल्ला प्रहरी कार्यालय गौरमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्धा दर्ता भएको छ ।  स्वास्थकर्मी माथि आक्रमण गर्ने राजपुर नगरपालिका ९ का रुस्तम मिया उपर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्धा  दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । पीडित स्वास्थकर्मीको लिखित जाहेरीका आधारमा मियाउपर शुुक्रबार मुद्धा दर्ता गरी अनुुसन्धानका लागि जिल्ला अदालत गौरबाट म्याद समेत थमाइएको प्रवक्ता श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

राजपुर क्वारिन्टाईनमा २ दिनअघि स्वास्थकर्मी उपर आक्रमण गर्ने रुस्तमलाई डिआईजी धिरजप्रताप सिंहको निर्देशनमा प्रदेश २ र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले उनको घरैबाट पक्राउ गरेको थियो । क्वारिन्टाइनमा उनीसहित ४ जनाले आक्रमण गरेका थिए । 

रुस्तमसँगै आक्रमण गर्ने ३ जना भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको आक्रमणबाट राजपुरका नगर स्वास्थ सह संयोजक रामनरेस साह र अका स्वास्थकर्मी खुर्सैद मिँयाको टाउको फुटेको थियो । साथै स्वास्थ्यकर्मीहरुको नीजि मोटरसाईकलमा समेत उनीहरुले तोडफोड गरेका थिए ।

बुधवार क्वारिन्टाईमा बसेकाहरुको आरडिटी चेक गर्दा पोजिटिभ आएपछि घर जान नपाउने निहुुँमा उनीहरुले स्वास्थकर्मीमाथि आक्रमण गरेका थिए । यसैबीच बिहिवार नगर स्वास्थ संयोजक रबिन्द्रकुमार झाको नेतृत्वमा गएको राजपुरका स्वास्थकर्मीको टोलीले  आक्रमणकारीलाई कडा कारबाही गर्न माग गर्दै रौतहटका सिडिओ बाशुुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै घिमिरेले दोषीलाई कार्वाही र शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप