काठमाडौं महानगरले गर्यो कर्मचारीको कोरोना बीमा

काठमाडौं । काठमाडौँ महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ । कामपाले बिहीबार राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरी एक हजार ९८२ जनाको बीमा गराएको जनाएको छ । सम्झौतामा कामपाको तर्फबाट प्रशासन विभागका प्रमुख नमराज ढकाल र लिमिटेडका तर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गर्नुभएको जनाइएको छ ।
कारोना भाइरस (कोभड–१९) को प्रतिकूल समयमा पनि सेवाग्राहीका बीचमा बसेर काम गर्ने कर्मचारीको मनोबल उच्च बनाउन बीमा गरिएकोे हो कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने । सम्झौताबमोजिम आगामी वर्ष (२०७८) जेठ २२ गतेभित्र बीमित व्यक्तिमा पिसिआर (पोलिमेयर चेन रियाक्सन) रिपोर्टमा पहिलोपटक पोजेटिभ देखिए महानगरको सिफारिसमा रु एक लाख प्राप्त हुनेछ ।
प्रतिव्यक्ति रु ६०० शुल्क तिरेर एक वर्षका लागि बीमा गरिएको हो । हाल कामपामा १६० जनप्रतिनिधि, ३० जना सामाजिक परिचालक रहेका छन् । यसैगरी स्थायी, अस्थायी, करार र सञ्चार क्षेत्रमा काम गर्ने गरी एक हजार ७९२ जना जनशक्ति कार्यरत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित