शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘संसदमा भारतीय चेलीको दादागिरी’ : सांसद चौधरीलाई कारवाही गर्न सरिता गिरीको माग

शुक्रबार, २३ जेठ २०७७, १४ : ०४
शुक्रबार, २३ जेठ २०७७

समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसदबाट आफ्ना विरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय मागेर बोल्दै उनले जेष्ठ १९ गतेको संसदको बैठकमा आफ्नो अनुपस्थितिमा एक सदस्यले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरित रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेकी हुन् । उनले मन्तव्यमा प्रयोग गरिएको शब्दहरुले संसदको सार्वभौम सत्तामाथि आक्रमण गरेको दाबी गर्दै सो मन्तव्य संसदीय रेकर्डबाट हटाउन पनि सभामुखको ध्यानाकर्षण गराइन् । उनले सो अभिव्यक्तिलाई आधारमानेर कानुनी कारवाही अघि बढाउन सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराइन् । उनले नाम उल्लेख नगरिकन सांसद  गिरीले ती सांसदले दिएको अभिव्यक्तिलार्ई “घृणाको मन्तव्य” को संज्ञा दिइन् ।

उनले भनिन्, ‘जेष्ठ १९ गतेको दिन म संसदमा अनुपस्थित थिएँ । मेरो अनुपस्थितिमा संसदका एक माननीयजी ले जुन मन्तव्य दिनुभयो त्यसलाई घृणाका मन्तव्य भनिन्छ । अंग्रेजीमा यसलाई हेटस्पीच भनिन्छ । किन कि उहाँले रगत उम्लने कुरा गर्नुभयो । मेरो पदको मर्यादा नभएको भए मैले भौतिक रुपमा पनि आर्कमण गर्न सक्थेँ साथै भारतीय चेली नेपालको संसदमा आएर दादागिरी गरेको भन्नुभयो । म त्यस्तो भाषा प्रयोग गर्दिन । म प्रेमपूर्ण ढंगल आफ्नो भनाइ राख्छु ।  म प्रेम, सद्भावका साथ यो आग्रह गर्न चाहन्छु कि यो मन्तव्यको रेकर्ड गरी नेपालको कानुन अनुसार हेट स्पीच कानुनी कारवाहीका लागि पर्याप्त हुन्छ । त्यसैले कानुनी प्रक्रिया अघि बढाउन म सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु ।’

उनले चाँदीको चम्चामा कसैले सभासद् पद नदिएको भन्दै सबैले आ आफ्नो पदीय मर्यादामा रहेर अरुसंग पनि मर्यादित व्यवहार गर्नुपर्ने बताइन् ।

सांसद अमृता देवी अग्रहरीले सांसद गिरीको पक्षमा मन्तव्य दिदै गंगा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने तर्क गरिन् । उनले भनिन्, ‘१९ गतेको बैठकमा माननीय गंगा चौथरीलेले प्रयोग गर्नुभएको शब्द प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ । म स्पष्ट रुपमा भन्नु चाहन्छु माननीय गगां चौधरीले माफि माग्नुपर्छ ।’

सदनमा सांसदको रुपमा उपस्थित भएका सबैले निश्चित प्रक्रिया पुरा गरेर आएको भन्दै उनले सबैको सम्मान गर्ने गरि मन्तव्य दिन पनि आग्रह गरिन् । उनले हिन्दप् भाषामा बोल्ने आफूहरुमाथि भेदभाव गरिदै आएको आरोप पनि लगाइन् । सांसद अग्रहरीले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरुले संसदीय मर्यादा विपरित नाम नै किटान गरेर अभिव्यक्ति दिइएको भन्दै आपत्ति जनाएका थिए ।

जेठ १९ गतेको प्रतिनिधिसभा बैठकको शुन्य समयमासांसद गंगा चौधरी सद्गौवाले भारतबाट अतिक्रमित  नेपाली भूमिका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सांसद गिरी र अग्रहरीले आपत्ती जनाएका हुन् ।


सांसद सद्गौवाले भनेकी थिइन्, ‘अनुदानसँग जमिन स्वमिमान र राष्ट्रियता कदापि साट्न मिल्दैन । नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ छैन । न हेपिएको गाउ छैन । भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे । आफ्नो जमिन मेरो हो भन्न पनि मेरो देशको भूमि मिचाहासंग सोध्नुपर्ने ? यो कस्तो बिडम्बना सभामुख महोदय ? जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन् अनि रअ का एजेण्टहरु १५ दिनसम्म घाइते हुन्छन् । अनि सपनाको विरुद्धमा सम्पुर्ण शक्ति लगाएर बुरुक्क बुरुक्क उफ्रन थाल्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप