म्यानमारबाट फर्किएका नेपाली पार्टी प्यालेसको होल्डिङ सेन्टरमा, सेनाको निगरानीमा (फोटो)
म्यानमारबाट २६ जना नेपालीलाई उद्दार गरी शुक्रबार स्वदेश ल्याइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरी अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि विभिन्न देशमा नेपालीहरु अलपत्र अवस्थामा रहेका छन् । विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न दबाब परेपछि सरकारले कार्यविधि तयार गरी नेपाल ल्याउने व्यवस्था गरेको हो । सोही अनुसार पहिलो चरणमा म्यानमारमा हरेका २६ जना नेपालीलाई म्यानमार एयरफोर्सको विमानमार्फत काठमाडौं ल्याइएको छ ।
म्यानमारबाट फर्किएका मध्ये प्रदेश १ का ४ जना, बागमती प्रदेशमा १७ जना, गण्डकी प्रदेशका ४ जना, प्रदेश ५ का १ जना रहेका छन् । विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई बसुन्धारामा स्थित यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको छ । होल्डिङ सेन्टरसम्म नेपाली सेनाको बसमा लगिएको छ ।
विदेशबाट ल्याइने नागरिकहरुलाई कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड १९ क्राइसिस मानेजमेन्ट सेन्टर (सीसीएमसी)को संयोजनामा काडमाडौंका विभिन्न पार्टी प्यालेसहरुमा होल्डिङ सेन्टर बनाई केही समय राख्ने र सम्बन्धित प्रदेश सरकार मार्फत स्थानीय तहसम्म पु¥याई क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे
-
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आगामी सोमबार विश्वासको मत लिने
-
‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज हुने
-
यी हुन् कांग्रेसका आदिवासी जनजाति विभागमा मनोनीत १० सदस्य
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
सूर्याको हातमा आयो अर्को ठुलो फिल्म