बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले कोरोनाविरुद्धको लडाईमा अन्तर्राष्ट्रिय समुदायका लागि छुट्यायो १९ करोड ४० लाख डलर

शुक्रबार, २३ जेठ २०७७, १३ : ००
शुक्रबार, २३ जेठ २०७७

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरुका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ । 

विदेशमन्त्री पोम्पेओले शरणार्थीहरु, जोखिममा परेका आप्रवासीहरु र शरणार्थीलाई आश्रय दिने समुदायको जोखिमलाई ध्यान दिएर १८ करोड अमेरिकी डलर प्रदान गर्न लागिएको जानकारी दिए । 

विश्वमै आधा शताब्दीभन्दा बढी समयदेखि संयुक्तराज्य अमेरिका स्वास्थ्य र मानवीय सहायता प्रदान गर्ने सबैभन्दा ठूलो दाताराष्ट्र रहेको पनि मन्त्री पोम्पेओले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा विगत २४ घण्टामा झण्डै १ लाख ३० हजार नयाँ संक्रमित फेला परेका छन् । योसँगै विश्वमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६४ लाख पुगेको छ भने तीन लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप