ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु
शुक्रबार, २३ जेठ २०७७, १२ : ५६

रियो दि जेनेरियो । कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ ।
विश्वमा संयुक्तराज्य अमेरिका र बेलायतपछि सबैभन्दा बढी व्यक्तिको मृत्यु ब्राजिलमा भएको छ । साथै, विगत २४ घण्टामा ३० हजार ९२५ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिको संख्या ६ लाख १५ हजार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । –एएनआई/Photo: Al jazeera
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा गृहमन्त्रीकाे जोड
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट निरन्तर हेर्न नभ्याइने
-
धवलशमशेरको बयान, ‘राज्यविरुद्धको अपराध गरेको छैन’
-
माओवादीले एकचोटी हानेपछि राजावादी बेलुनको हावा खुस्कियो : प्रचण्ड
-
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
-
दक्षिण कोरियाको विपक्षी दलद्वारा नेता लीलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा