शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु

शुक्रबार, २३ जेठ २०७७, १२ : ५६
शुक्रबार, २३ जेठ २०७७

रियो दि जेनेरियो । कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।  ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ । 

विश्वमा संयुक्तराज्य अमेरिका र बेलायतपछि सबैभन्दा बढी व्यक्तिको मृत्यु ब्राजिलमा भएको छ ।  साथै, विगत २४ घण्टामा ३० हजार ९२५ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिको संख्या ६ लाख १५ हजार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । –एएनआई/Photo: Al jazeera
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप